काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् । हाल कम्पनीले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति २०७९ बैशाख १८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु प्रभु क्यापिटल लिमिटेडबाट हुनेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.