काठमाडौं । मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेडले पुस २३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे सूर्य इभेन्ट, धुम्बाराही, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
सर्वसाधारण तर्फको सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।