काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्ड र सनराइज फर्ष्ट म्युचुअल फण्डले मङ्सिर महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त विवरण अनुसार यी दुवै फण्डको न्याभ कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा बढेको छ । सनराइज फर्ष्ट म्युचुअल फण्डको न्याभ कात्तिक मसान्तसम्ममा रू. ११ दशमलव ३७ रहेकोमा मंसिर मसान्तसम्ममा बढेर रू. ११ दशमलव ३९ पुगेको हो ।
त्यसैगरी सनराइज ब्लूचिप फण्डको न्याभ कात्तिक मसान्तसम्ममा रू. ८ दशमलव ७० रहेकोमा मङ्सिर मसान्तसम्ममा बढेर रू. ८ दशमलव ७८ पुगेको छ । यस फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ५८ लाख नोक्सानी व्यहोरेकोमा मङ्सिर मसान्तसम्ममा पनि रू. ५२ लाख ८१ ह्जार नोक्सानीमा रहेको हो ।
यसरी हेर्दा फण्डको नोक्सानी कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा घटेको छ । कात्तिक मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ८८ लाख ७१ हजार ऋणात्मक रहेकोमा मङ्सिर मसान्तसम्ममा रू. ३३ लाख ८ हजार धनात्मक रहेसँगै नोक्सानी घटेको हो ।
त्यस्तै यस फण्डको सूचीकृत शेयरमा लगानी भने कात्तिकको तुलनामा मङ्सिर महीनामा बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ६३ करोड ७९ लाख लगानी गरेकोमा मङ्सिर मसान्तसम्ममा बढेर रू. ६५ करोड ८८ लाख पुगेको छ ।
सनराइज फर्ष्ट म्युचुअल फण्ड मङ्सिर मसान्तसम्ममा रू.१ करोड ६६ लाख नोक्सानीमा रहेको छ ।कात्तिक मसान्तसम्ममा पनि फण्ड रू. १ करोड ८६ लाख नोक्सानीमा थियो । यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५८ करोड ६१ लाख लगानी गरेको छ ।