काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही कारण यसपटक कम्पनीका शेयरधनीको हात खाली हुने भएको छ । गत वर्ष कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।