काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिवमा कृष्णहरि पुष्करलाई सरुवा गर्ने निर्णय गरेको छ । मरासिनी अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख रहेका बेला खरिद भएको नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहीतको मुद्दमा तानिएका थिए । उच्च अदालतले उनिसहित ८ जनालाई सफाई दिएसंगै मरासिनी अर्थसचिवमा सरूवा भएका हुन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जनकारी अनुसार बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषद्ले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । त्यस्तै, कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय भएको छ ।