काठमाडौं। मोरङ उद्योग व्यापार संघको अध्यक्षमा युवा उद्योगी अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् । सोमवार सम्पन्न संघको ३४औं कार्यसमिति सदस्यको निर्वाचनले राठीलाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष राठी प्रिमियर स्टिल कम्पनी तथा एके राठी ग्रुपका डाइरेक्टर हुन् ।
संघको विधान/नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट वाणिज्य क्षेत्रतर्फ अनिलकुमार साह, सञ्जयकुमार श्रेष्ठ, सुशील सुराना, विवेक अग्रवाल, मनीषकुमार मारु, अनिल सारडा, राजेशकुमार अग्रवाल र दीपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनीत सिंघानिया, अमितकुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, विकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।
संघको नवगठित कार्यसमितिको बैठकले पदाधिकारी समेत चयन गरेको छ । संघको कार्यसमितिको अध्यक्षमा राठी, वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल शारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल र प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् ।