काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असार १९ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको सौराहास्थित होटल मोनालिसामा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।
सञ्चालकहरूको मनोनयन र निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत समेत कम्पनीले गरेको छ । आगामी दिनमा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।