काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले फागुन मसान्तसम्म १ करोड २४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । माघ मसान्तसम्म ४३ लाख ९१ हजार रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले माघ मसान्तसम्मको तुलनामा फागुन मसान्तसम्म ८० लाख १४ हजारभन्दा बढी नाफा गरेको हो ।
फागुन मसान्तसम्म योजनाले २ करोड २७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा १ करोड ३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । माघ मसान्तसम्म योजनाले १ करोड २८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा ८४ लाख ९५ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ । फागुन मसान्तसम्म योजनाको आम्दानी बढेको र खर्च घटेकाले नाफा बढेको देखिन्छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको फागुन मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ १० पैसा कायम भएको छ । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४ पैसा थियो । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य ८९ करोड ११ लाख ६० हजार रुपैयाँ छ । योजनाले लगानी गरेको धितोपत्रको बजारमूल्य भने ९० करोड ४३ लाख ६९ हजार रुपैयाँभन्दा बढी रहेको छ ।