काठमाडौं । नबिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
सीईओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर ज्ञवाली नबिल बैंकमा प्रवेश गरेका थिए । नायब महाप्रबन्धक, महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै उनी गत पुसमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्स समेत हुन् । उनी वित्तीय क्षेत्रमा विश्लेषकको रूपमा चर्चित छन् ।