काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२ले प्रतिफल घोषणा गरेको छ ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फण्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार इकाइधनीहरुलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।
यसैबीच सोही बैठकले लाभांश वितरण प्रयोजनको बुक क्लोजको मिति पनि तय गरेको छ ।
फण्डले लाभांश वितरणको लागि असोज २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय बैठकले गरेको छ । यस बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाइधनीहरुले मात्रै यो योजनाको लाभांश पाउनेछन ।