काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले मंसिर मसान्तमा रू. १४ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा भने २० प्रतिशत कम हो ।
कात्तिक मसान्तमा फण्डले रू. १८ करोड २५ लाख नाफा कमाएको थियो । मंसिरमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा घट्न पुगेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल खर्च रू. ८७ लाख ४९ हजार रहेकोमा मंसिर मसान्तमा बढेर रू. १ करोड ६ लाखभन्दा बढी पुगेको छ । फण्डको कुल आम्दानी कात्तिक मसान्तमा रू. १९ करोड १३ लाख रहेकोमा मंसिर मसान्तमा रू. १५ करोड ५७ लाखमा झरेको हो ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ६७ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ३३ पैसामा सीमित भएको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी घटाएको छ । कात्तिक मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. १ अर्ब ४ करोड रहेकोमा मंसिर मसानतमा रू. ९६ करोड ३५ लाख मात्रै गरेको हो ।