काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्ड चैत मसान्तसम्म रू. २ करोड ५१ लाख नोक्सानीमा रहेको छ । फागुन मसान्तमा पनि फण्ड रू. २ करोड ९८ लाख नोक्सानीमा थियो । यस आधारमा फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी केही घटेको छ । फागुन मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. १ करोड ४० लाख ऋणात्मक रहेकोमा चैत मसान्तसम्म रू. ७३ लाख ४५ हजारमा झरेको छ ।
फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा केही बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ ९ रूपैयाँ ८५ पैसा रहेकोमा चैत मसान्तसम्म ९ रूपैयाँ ८९ पैसा पुगेको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ७६ करोड ५१ लाख लगानी गरेको छ । फागुन मसान्तसम्म यस्तो लगानी रू. ७६ करोड ४६ लाख थियो ।
फण्डले चैत मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेन्चर तथा मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य रू. १ अर्ब ३० करोड रहेकोमा बजार मूल्य रू. १ अर्ब ३३ लाख रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्