काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ ।
मंसिर मसान्तमा फण्डको न्याभ रू. ९ दशमलव ५१ रहेकोमा पुस मसान्तमा बढेर रू. १० दशमलव ६३ पुगेको हो । फण्ड मंसिर मसान्तमा नोक्सानीमा रहेकोमा पुस मसान्तमा नाफामा गएको छ । मंसिर मसान्तमा फण्डले रू. ७ करोड २३ लाख नोक्सानी व्यहोरेकोमा पुस मसान्तमा रू. ६ करोड ८४ लाख नाफा कमाएको हो ।
पुसमा फण्डको आम्दानीमा सुधार आएकाले नाफा भएको हो । सो अवधिमा फण्डले जम्मा रू. ८ करोड ३ लाख आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै फण्डको सूचीकृत शेयरमा लगानी पनि बढेको छ । मंसिर मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ७७ करोड ४८ लाख लगानी गरेकोमा पुस मसान्तमा बढेर रू. ८७ करोड पुगेको छ ।