काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनओटा फण्डले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्स्ड फण्ड-३ र नबिल ब्यालेनस्ड फण्ड-२ ले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार यी तीनओटै फण्डको सूचीकृत शेयरमा लगानी असोज महीनाको तुलनाका कात्तिक महीनामा बढेको छ । नबिल ब्यालेन्स्ड फण्ड-३ ले असोज महीनामा सूचीकृत शेयरमा रू. ५८ करोड ८८ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा बढेर रू. ६० करोड ५० लाख पुगेको छ । त्यसैगरी नबिल इक्वीटी फण्डले असोज महीनामा सूचीकृत शेयरमा रू. ८२ करोड ८२ लाख लगानी गरेकोमा कात्तिकमा रू. ८४ करोड ४८ लाख पुगेको छ । नबिल ब्यालेन्स्ड फण्ड-२ ले कात्तिकमा सूचीकृत शेयरमा रू. ८१ करोड ५८ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तसम्म रू. ८० करोड २७ लाख थियो ।
नबिल इक्वीटी फण्डको न्याभ भने असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्तसम्ममा यस फण्डको न्याभ रू. ९ दशलमव ९३ रहेकोमा कात्तिक मसान्तसम्ममा रू. ९ दशमलव ५६ मा कायम भएको छ । यस फण्डले सो अवधिमा रू. ६ करोड ५८ लाख नोक्सानी व्यहोरेको छ । फण्ड असोज मसान्तसम्म पनि रू. ८ करोड २६ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी केही घटेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड-३ को न्याभ भने असोज महीनाको तुलनामा कात्तिक महीनामा बढेको छ । असोज मसान्तसम्म रू. ८ दशमलव १३ रहेकोमा फण्डको न्याभ कात्तिक मसान्तमा बढेर रू. ८ दशमलव २५ पुगेको छ । यस फण्डले पनि कात्तिक मसान्तमा रू. ३ करोड ९८ लाख नोक्सानी व्यहोरेको छ । असोज मसान्तसम्ममा फण्ड रू. ५ करोड ५३ लाख नोक्सानीमा थियो ।
त्यसैगरी नबिल ब्यालेन्स्ड फण्ड-२ को न्याभ असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव १० रहेकोमा कात्तिक मसान्तसम्म रू. ९ दशमलव ५१ कायम भएको छ । त्यस्तै यो फण्ड कात्तिक मसान्तसम्म रू. ६ करोड ५६ लाख नोक्सानीमा रहेको छ ।
यी तीनओटै फण्डको कात्तिक मसान्तमा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन् ।