काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३, नबिल इक्वीटी नबिल ब्यालेन्सड् फण्ड २ र नबिल फ्लेक्सी क्याप फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको नोक्सानी बढेको छ ।
भदौ मसान्तमा नबिल ब्यालेन्सड् फण्ड ३ रू. ४ करोड ७७ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ७ करोड ५३ लाख पुगेको छ । त्यस्तै नबिल इक्वीटी फण्ड भदौ मसान्तमा रू. ४ करोड ५६ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ५ करोड ९९ लाख पुगेको हो ।
नबिल फ्लेक्सी क्याप फण्ड भदौ मसान्तमा रू. १ करोड ६७ लाख रहेकोमा असोज मसान्तमा बढेर रू. २ करोड ४३ लाख पुगेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ भदौ मसान्तमा रू. ७ करोड ८७ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. १० करुोड ९३ लाख पुगेको हो । असोजमा यी फण्डहरूको जम्मा आम्दानी ऋणात्मक रहेकोले खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।
यी चारओटै फण्डको न्याभ पनि घटेको छ । नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसा रहेकोमा असोज मसान्तमा ८ रुपैयाँ ५४ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ०६ पैसा कायम भएको हो ।
त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४१ पैसामा झरेको छ । नबिल इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा रहेकोमा असोज मसान्तमा १० रुपैयाँ ३३ पैसा कायम भएको हो ।
नबिल इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्
नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्