काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ असारको तुलनामा साउनमा घटेको छ ।
नबिल इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८१ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ५८ पैसामा झरेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ असार मसान्तसम्ममा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १० रुपैयाँ ६१ पैसा कायम भएको छ । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस फण्डको न्याभ असार मसान्तमा भने ९ रुपैयाँ ९० पैसा थियो ।
त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ असार मसान्तमा ९ रुपैयाँ १४ पैसा रहेकोमा साउन मसान्तमा घटेर ८ रुपैयाँ ९० पैसा कायम भएको हो । यो फण्ड साउन मसान्तसम्ममा रू. ३ करोड २ लाख नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ७ करोड १४ लाख नाफामा थियो । साउनमा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ३२ लाख लगानी गरेको छ ।
नबिल फ्लेक्सी क्याप फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ६० लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. २० करोड ४९ लाख थियो । त्यस्तै फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्ममा फण्ड रू. ४३ लाख १५ हजार नोक्सानीमा रहेकोमा साउन मसान्तमा बढेर रू. १ करोडभन्दा बढी पुगेको छ ।
नबिल ब्यालेन्सड् फण्ड २ ले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८८ करोड १७ लाख लगानी गरेकोमा साउन मसान्तमा रू. ८१ करोड ९३ लाख गरेको हो । यो फण्ड असार मसान्तमा रू. १० करोडभन्दा बढी नाफामा भएकोमा साउन मसान्तमा भने रू. ४ करोड २९ लाख नोक्सानीमा रहेको हो ।
नबिल इक्वीटी फण्ड पनि साउन मसान्तमा रू. २ करोड ८५ लाख नोक्सानीमा छ । यो फण्ड असार मसान्तमा भने रू. ८ करोड ९९ लाख नाफामा थियो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ६४ लाख लगानी गरेको छ ।
नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्
नबिल ब्यालेन्सड् फण्ड ३ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्
नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्