काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन लागेको नबिल फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट भएको छ । क्यापिटलले कात्तिक २३ गते देखि मंसिर ७ गतेसम्म इकाई विक्री खुला गरी मंसिर १८ गते बाँडफाँट गरेको हो ।
यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० का दरको ७ करोड ५० इकाई विक्री गरिएकोे हो । कुल इकाईमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई १४ प्रतिशत छुट्याइएको छ ।
यी वाहेक बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई सर्वसाधारणका लागि छुट्याईएको छ । योजना व्यवस्थापकले सर्वसाधारणमा छुट्याईएको मध्ये पनि पहिलो चरणमा ५ करोड इकाई वितरण गरेको हो । यो खुलामुखी प्रकृतिको योजना हो ।