काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिकको तुलनामा मंसिरमा सूचीकृत शेयरमा लगानी बढाएको हो ।
कात्तिक मसान्तमा फण्डले रू. ६२ करोड ३८ लाख सूचीकृत शेयरमा लगानी गरेकोमा मंसिर मसान्तमा उक्त लगानी बढाएर रू. ६३ करोड ६१ लाख पुर्याएको हो ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ६४ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ३० पैसामा सीमित भएको हो ।
न्याभसँगै फण्डको नाफा पनि घटेको छ । कात्तिक मसान्तमा फण्डले रू. ९ करोड ५४ लाख नाफा कमाएकोमा मंसिर मसान्तमा रू. ६ करोड ८१ लाखमा झरेको हो । मंसिर महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. १० करोड १५ लाख रहेकोमा मंसिर मसान्तमा रू. ७ करोड ६५ लाखमा झरेको छ ।