काठमाडौं । नेको इनस्योरेन्स लिमिटेडले निष्कासन गरेको २५ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले माघ १७ गतेसम्म कायम शेयरधनीहरुका लागि २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ४८ लाख ५ हजार ६४० दशमलव २० कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।
रितपूर्वक आवेदन दिएका आवेदकहरुमा चैत ३१ गते कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यो चरणमा कम्पनीको २ लाख २५ हजार २६१ दशमलव ३५ कित्ता शेयर भने वितरण हुन सकेको छैन् । कम्पनीले विक्री नभएको शेयर लिलामी प्रकियाबाट विक्री गर्नेछ । हकप्रद शेयर बाँडफाँटमा नपरेको शेयर वापत्को रकम कम्पनीले वैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी दिएको छ ।