काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते ६४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय काठमाडौंको धर्मपथका उक्त दिन बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।