काठमाडौं । बुधवार चार छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
नेपाल बैंकको नेप्सेले २ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २८० दशमलव ८८ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. २८० दशमलव ८० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै नेप्सेले प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य प्रतिकित्ता रू. २२० दशमलव १० तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. २२८ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १२ दशमलव ३५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३६४ दशमलव ९३ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ४१० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै नेप्सेले हाईड्रोइलेक्ट्रीसिटीको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. १७७ दशमलव १४ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. १८६ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । यी कम्पनीहरूले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।