काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’को आधिकारिक रूपमा लोकार्पण गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकले उक्त वेयरेबल स्टिकर सार्वजनिक गरेको हो ।
यससँगै डिजिटल भुक्तानीको नयाँ युगको शुरुआत भएको कम्पनीले जनाएको छ ।
अब बैंकका ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षितरूपमा कारोबार गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘एनआईएमबी पेवियर नेपालका लागि गेम–चेन्जर हो,’ बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने । ‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्णरूपले परिवर्तन गर्नेछ ।’
बैंकले २७५ शाखा, २६५ एटीएम र चार हजारभन्दा बढी पीओएस टर्मिनल सञ्चालन गरिरहेको छ । साथै, बैंकले ६५ वटा विस्तार/राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ ।