काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने ‘बिजनेस एक्सेलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनमा सेल्स तथा मार्केटिङमा कार्यरत २३० कर्मचारीको सहभागिता थियो ।
सम्मेलनमा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीका बीच पनि उत्साहजनक व्यवसाय गर्न सफल भएको बताए । आगामी दिन थप चुनौतीपूर्ण हुने भन्दै उनले जोश र जाँगरका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।
सम्मेलनमा सञ्चालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीले गत आर्थिक वर्ष (आव)मा गरेको योगदानको प्रशंसा गरे । सञ्चालक शक्तिकुमार गोल्यानले कर्मचारीको मनोबल उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताए । प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आवको व्यापार समीक्षा गर्दै चालू आव २०८०/८१ का व्यावसायिक रणनीतिका बारेमा सम्मेलनमा जानकारी गराएका थिए । सम्मेलनमा आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।