काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा सूचीकृत नयाँ कम्पनीको शेयरमा लगानीकर्ताको उच्च माग देखिएको छ । दोस्रो बजारमा पछिल्लो समय थप भएका नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर खरीदमा लगानीकर्ताको उच्च माग देखिएको हो ।
मंगलवार आधा घण्टाभित्रको कारोबार अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सको ११ लाख ० हजारभन्दा बढी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७ लाख २३ हजारभन्दा बढी कित्ता शेयर खरीद माग रहेको छ । यो अवधिसम्म नेपाल माइक्रो लाइफको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ ।