काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन् । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका श्रेष्ठले कार्यालयको कार्य व्यस्तता तथा व्यक्तिगत कारण देखाई चैत ६ गते राजीनामा दिएका थिए ।
चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत समेत गरेको जानकारी कम्पनीले दिएको छ । सञ्चालक श्रेष्ठ २०८१ साल जेठ १७ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । उनि एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन ।