काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको सिनामंगलस्थित एपेक्स विजनेस होटेलमा उक्त दिन बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।
सभामा लाभांशसम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।