काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ्ग पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र काराेबार र मूल्यसम्बन्धी निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीको यही मंसिर २१ गते बिहान ९ः३० बजे बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तर, कम्पनीले उक्त निर्णय साेही दिन दिउँसो ३ः४२ बजे नेप्सेलाई जानकारी गराएको थियाे ।
नेप्सेले कम्पनीलाई यसबारे ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ ।