काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
कम्पनीले देशभरका २२५ ओटा शाखा कार्यालयमार्फत ३ लाखभन्दा बढी सदस्यहरूमा सेवा प्रदान गर्दै आएको छ ।