काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ८११ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।