काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् ।
यसअघि गत पुस ७ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
यी दुई कम्पनीबीच असार ६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।
यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।