काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको 'लकइन' अवधि आजबाट सकिँदै छ ।
कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार कित्ता शेयर 'लकइन'मा रहेको छ । आज 'लकइन' अवधि सकिने भएकाले यी शेयरहरू कारोबार गर्न सकिनेछ ।
यद्यपि कम्पनीको सञ्चालक सदस्यमा रहेका व्यक्ति र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।