काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश आगामी चैत मसान्तभित्र पारित गर्ने भएको छ ।
गत पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेपछि आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको नेप्सेमार्फत जारी गरिएको सूचनामा उल्लेख छ ।