काठमाडौं । अहिले सरकारबाट थोरै मात्र भएपनि प्रोस्तहन निजी क्षेत्रले चाहेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । महासंघको ५८औं वार्षिक साधारण सभामा तथा उद्योग वाणिज्य दिवस २०८०को अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रले काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धि कम भएको बताएका हुन् ।
सबै छिमेकीको तिव्र विकास भइरहँदा पछिल्लो दुईवर्ष नेपालको आर्थिक वृद्धि न्यून रहेको उनले बताए । यो वर्ष पनि उत्पानमुलक क्षेत्रको बृद्धिदर शून्य दशमलव ४ प्रतिशत ऋणात्मक रहेको उनको भनाइ छ ।
'भारत मात्रै होइन हाल निकै उच्च दरमा वृद्धि हासिल गरिर बंगलादेश, कम्बोडिया, लाओस, रुवान्डा र इथियोपिया जस्ता मुलुकको विकासको मुख्य आधार निजी क्षेत्रले डोऱ्याएको बृद्धि नै हो.' उनले भने, 'कुनै समयका द्वन्द्वग्रस्त र निकै गरिब मुलुकहरूको पहिच एक दशकको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।'
सो अवसरमा उनले अहिले संशोधनको चरणमा रहेका कानुनहरु छिटो पारित गरेर लगानीकर्तालाई सघाउन र लगानीमैत्री वातावरण बनाउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल लाई आग्रह गरे ।