काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ५४ लाख ९१ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष खराब कर्जा बढेसँगै नाफामा गएको हो । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष ५९ लाख ३८ हजार रूपैयाँ रहेको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष २१ लाख ६४ हजार रूपैयाँ छुट्याएको कम्पनीले यस वर्ष कुनै पनि रकम छुट्याएको छैन् ।
हाल कम्पनीको चुक्तापूँजी १० करोड १४ लाख रूपैयाँ रहेको छ । जगेडा कोष रकम ४ करोड ३८ लाख रूपैयाँभन्दा बढी कायम छ । गत वर्षभन्दा यस वर्ष करिब ५१ प्रतिशत बढी कर्जा सापटी लिएको कम्पनीले साढे ३८ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने ३ दशमलव ६० प्रतिशत कम भएको छ । यस वर्ष कम्पनीले १ अर्ब १७ करोड ६५ लाख रूपैयाँ कर्जा सापटी लिएको छ भने १ अर्ब ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन भने ३० करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म ६ दशमलव ८९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर २ दशमलव ६९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २९ रूपैयाँ ५६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रूपैयाा २३ पैसा रहेको छ ।