काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ हजार ८३१ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले संस्थापक शेयरधनी पूणर्बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता शेयर विक्री खुला गरेको हो । यो शेयरको मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीले तोकेबमोजिम हुने जानकारीसमेत कम्पनीले दिएको छ ।