काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १५ देखि २८ गतेसम्म बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २८ गते चौधौं वार्षिक साधारण सभा बोलाएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल जुगलमा उक्त दिन दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।