काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीकोे १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य रू. ६२६ दशमलव ८९ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४६ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार देखि दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।