इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)लाई समर्थन गरेका उम्मेदवारहरूको जितमा अग्रता कायमै छ।
शनिवार दिउँसो १२ बजे (नेपालको स्थानीय समयअनुसार)सम्म २६६ सिट मध्ये २५० सिटको मतपरिणाम आउँदा पीटीआईले ९१ स्थानमा जित हासिल गरेको त्यहाँको समाचार एजेन्सी ‘डनडटकम’ले जनाएको छ ।
मतपरिणाम अनुसार पूर्वप्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन)ले ७१ स्थानमा र बिलावर भुट्टोको पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)ले ५३ स्थानमा जित हासिल गरेका छन् । यसैगरी अन्यले ३३ स्थानमा जित हासिल गरेका छन् । एजेन्सीको सहयोगमा