काठमाडौं । भारतीय धितोपत्र बजारको नियामक निकाय–सेकुरिटिज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इण्डिया (सेबी) की अध्यक्ष माधबी पुरी बुचमाथि भारतीय काँग्रेसले अवैध आर्थिक लाभ लिएको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता पवन खेराले पत्रकार सम्मेलन गर्दै आईसीआईसीआई बैंकमा भएका धेरै अनुसन्धानले माधबी पुरी बुचले व्यापारी समूहबाट आय प्राप्त गरिरहेको देखिएको वताएका छन् । सन् २०१७ देखि २०२४ को अवधिमा माधबी पुरी बुचले आईसीआईसीआई बैंकबाट १६.८ करोड भारु आम्दानी गरेको दाबी गरेका हुन् । यसअघि बुचमाथी अडानी समूहकोअफशोर कम्पनीमा संलग्नता रहेको आरोप लागेको छ ।
उनले नाम नखुलाइएका रिपोर्टहरूको हवला दिँदै सेबीका प्रमुखले आईसीआईसीआई बैंकको लागि नियमहरू खुकुलो बनाएको बताएका छन्। प्रवक्ता खेराले सेबीकी अध्यक्ष माधबी पुरी बुचले पुँजी बजार नियामकको रूपमा आफ्नो कार्यकालमा आईसीआईसीआई बैंक लिमिटेडबाट उक्त आर्थिक लाभ प्राप्त गरेको आरोप लगाएका हुन् ।
गतबर्ष अडानी समूहले विदेशमा रहेको अफसोर कम्पनीमार्फत भारतमा शंकास्पद लगानी भित्र्याएको दावीको साथ प्रतिवेदन निकालेको हिन्डेनबर्ग रिसर्चले गत महीना पुरक प्रतिवेदन निकाल्दै नियामक निकायका प्रमुख नै अडानी समूहका कम्पनीको अफसोर कम्पनीमा शेयर रहेको दावी गरेको थियो । बुच र अडानी दुबै प्रधानमन्त्री मोदी निकट मानिन्छन् । सोही कारण भारतीय कांग्रेसले यो मुद्दामा चर्को स्वर बनाउँदै आएको छ ।
प्रतिवेदन अनुसार भारतीय समूहका बर्मुडा र मौरिसस फण्डमा सेवीका अध्यक्ष पुरी र उनका श्रीमान धावल बुचको लुकाईएको शेयर स्वामित्व रहेको छ । प्रारम्भिक खुलासा अनुसार मुख्यतया १९ महीना अगाडी कम्पनीले मौरिससमा शेल कम्पनीहरूको नेटवर्क अनावरण गर्यो जुन अरबौं डलरको अघोषित लेनदेन र स्टक हेरफेरमा संलग्न थियो जसको अनुसन्धान जारी नै रहेको बताइएको छ । एजेन्सीको सहयोगमा
यो पनि हेर्नुहोस्:
भारतीय शेयर बजार नियामकका अध्यक्षको अडानी समूहको कम्पनीमा शेयर-हिन्डेनबर्ग