काठमाडौं । भारतमा धितोपत्र बजारको नियामक निकाय–सेकुरिटिज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इण्डिया (सेबी) की अध्यक्ष माधबी पुरी बुचमाथि अडानी समूहकोअफशोर कम्पनीमा संलग्नता रहेको आरोप लागेको छ ।
गतबर्ष अडानी समूहले विदेशमा रहेको अफसोर कम्पनीमार्फत भारतमा शंकास्पद लगानी भित्र्याएको दावीको साथ प्रतिवेदन निकालेको हिन्डेनबर्ग रिसर्चले शनिवार पुरक प्रतिवेदन निकाल्दै नियामक निकायका प्रमुख नै अडानी समूहका कम्पनीको अफसोर कम्पनीमा शेयर रहेको दावी गरेको हो ।
अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकका ब्यापारी मानिन्छन् र भारतीय राजनीतिमा मोदीको उदयसँगै अडानीले पनि आफ्नो व्यवसायमा छलाङ मारेका छन् । गत वर्ष एसियाकै सवैभन्दा धनी ब्यक्तिमा गनिएका अडानी हिन्डेनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएपछि उनको सम्पति ह्वात्तै घटेको थियो ।
प्रतिवेदन अनुसार भारतीय समूहका बर्मुडा र मौरिसस फण्डमा सेवीका अध्यक्ष पुरी र उनका श्रीमान धावल बुचको लुकाईएको शेयर स्वामित्व रहेको छ । प्रारम्भिक खुलासा अनुसार मुख्यतया १८ महीना अगाडी कम्पनीले मौरिससमा शेल कम्पनीहरूको नेटवर्क अनावरण गर्यो जुन अरबौं डलरको अघोषित लेनदेन र स्टक हेरफेरमा संलग्न थियो जसको अनुसन्धान जारी नै रहेको बताइएको छ । यस विवादले बुचको शानदार क्यारियरमा समेत धक्का पार्ने देखिएको छ ।
४० भन्दा बढी स्वतन्त्र अनुसन्धानले प्रस्तुत गरेको र पुष्टि गरेको प्रमाणका बावजुद भारतीय नियामक सेबीले सार्वजनिक रूपमा अडानी समूहविरुद्ध कुनै कदम नचालेको पनि प्रतिवेदनमा उल्लेख छ ।
शेयर वजारमा हुने धोखाधडी रोक्नको लागि स्थापित गरिएको नियामक निकाय हो । उसकै नेतृत्व अफशोर साम्राज्यको पछाडि रहेकाहरूलाई पछ्याउन र अर्बौं डलरको अघोषित कारोबार र नक्कली लगानी गर्ने संस्थामा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा आईपीई प्लस फन्डको वारेमा चर्चा गरिएको छ । उक्त फण्ड अडानीका निर्देशकले इन्डिया इन्फोलाइन (आईआईएफएल) मार्फत स्थापना गरेको अफशोर मोरिसस फण्ड हो । गौतम अडानीका भाइ विनोद अडानीले यो संरचनालाई भारतीय बजारमा लगानीका लागि प्रयोग गरेका थिए । प्रतिवेदन अनुसार अडानी समूहको पावर इक्विपमेन्ट इनभ्वाइसिङमार्फत रकम हिनामिना गरेका थिए ।
प्रतिवेदन अनुसार माधबी पुरी बुच र उनका पतिले ५ जुन २०१५ मा सिंगापुरमा आईपीई प्लस फन्ड १ मा आफ्नो खाता खोलेका थिए ।
प्रतिवेदनले यसबाट सेबी भित्र सम्भावित स्वार्थको द्वन्द्वको हुनसक्ने औल्याएको छ किनभने पुरीले नै महत्त्वपूर्ण नियामकका काम संहालेकी छिन जसल अडानी जस्ता कम्पनीहरूलाई प्रत्यक्ष प्रभाव पार्छ । अडानीका कम्पनीहरूमा बुच दम्पतिको संलग्नता २०१५ मा देखि भएको छ । उनीहरूको व्यक्तिगत कमाईबाट लगानी गरिएको देखाइएको छ । यसवाट सेबीको नेतृत्को निष्ठा र बजारका प्रमुख खेलाडीहरूलाई निष्पक्ष रूपमा नियमन गर्ने क्षमता माथि प्रश्न उठेको छ ।
सेबीका वर्तमान अध्यक्ष र उनका पति धवल बुचले विनोद अदानीले प्रयोग गरेको बर्मुडा र मौरिसस फण्डमा आफ्नो हिस्सेदारी लुकाएका थिए,ु’ हिन्डेनबर्गले आफ्नो प्रतिवेदनमा भनेको छ ।
हिन्डेनबर्ग रिसर्चका अनुसार सेबीले अडानी समूहमा रहेका शेयरधारकहरू विरुद्ध निर्णायक कार्यवाही गर्न अनिच्छुक हुनुको कारण गौतम अडानीका भाइ विनोद अडानीद्वारा प्रयोग गरिएको फण्डहरूमा माधबी बुचको संधिग्न संलग्नता हुन सक्छ ।
प्रतिवेदनमा भनिएको छ, हामीलाई शंका छ कि सेबीले अडानी समूहका संदिग्ध अफशोर शेयरधारकहरू विरुद्ध सार्थक कदम चाल्न अनिच्छुक हुनुको कारण अध्यक्ष माधबी बुचको विनोद अडानीले प्रयोग गरेको ठीक त्यही रकम प्रयोग गर्नुको कारण हुन सक्छ ।ु
सन् २०२३ मा हिन्डेनबर्ग को प्रतिवेदनले अडानी समूहको अनियमितताको बारेमा श्रृंखलाबद्ध अनुसन्धान शुरू गरेको थियो । तर भारतमा सामान्य कारवाही मात्रै गरियो ।
हिन्डेनबर्गले सेबीका अध्यक्ष पुरी र उनका पति धवल बुचलाई भारतको शेयर बजार नियामकको अध्यक्षको हैसियतमा उनले दिएको केही बयानबाट व्यक्तिगत रूपमा फाइदा उठाएको आरोप लगाएको छ ।
पुरीले आफ्नो अगोरा कन्सलिटङ कम्पनी मार्फत गरिएको परामर्शवाट प्राप्त कुल आयको खुलासा नगरेको हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ । उनको आय सेबी प्रमुखको रूपमा उनको पाउने तलबको ४ दशमलव ४ गुणा थप हुन सक्ने प्रतिवेदनमा भनिएको छ ।
सेबीको प्रमुखमा नियुक्त हुनुभन्दा दुई हप्ताअघि माधबी पुरीका पति बुचले मौरिसस कोषप्रशासक ट्राइडेन्ट ट्रस्टलाई पत्र लेखेका थिए । इमेलमा ग्लोबल डाइनामिक अपर्चुनिटीज फन्ड (जीडीओएफ) मा उनको र उनकी श्रीमतीको लगानीको बारेमा उल्लेख थियो। धवल बुचले आफ्नो पत्रमा ूखाता सञ्चालन गर्ने अधिकार प्राप्त एक मात्र व्यक्ति भएको बताएका थिए ।
सन् २०२३ को मे ६ मा प्रकाशित सर्वोच्च अदालतको विशेषज्ञ समितिको प्रतिवेदनमा अडानीका अफशोर्स सेयरधनीलाई कसले आर्थिक सहयोग गरेको भन्ने विषयमा सेबीले गरेको अनुसन्धानमा सफल नरहेको उल्लेख गरेको थियो ।
अदानी समूहले सबै आरोपहरूको खण्डन गरेको छ । जनवरी २०२३ को आफ्नो रिपोर्टमा हिन्डेनबर्गले अन्य धेरै फण्डहरूमध्ये ईएम रिसर्जेन्ट फन्ड र इमर्जिङ इन्डिया फोकस फन्ड भनिने दुई मौरिसस स्थिति कम्पनीहरूको पहिचान गरेको दाबी गरेको थियो । दुवै कम्पनीलाईे इन्डिया इन्फोलाइन नामक कम्पनी (हाल ३६० वान) ) को अडानीका कर्मचारीले चलाउने सम्बन्धित कम्पनीको रुपमा उल्लेख गरिएको थियो ।
हिन्डेनबर्गका अनुसार सन् २०२३ को अगष्टमा फाइनान्सियल टाइम्सले गरेको अनुसन्धानले इएम रिसर्जेन्ट र इमर्जिङ इन्डिया फोकस फण्ड्समा गोप्य ‘पेपर ट्रेल’ फेला पारेको थियो । यसले अडानीले व्यापारिक सहयोगीहरूलाई फ्रन्ट मेन को रूपमा प्रयोग गरेर शेयर मूल्यमा हुने गडवडी रोक्ने भारतीय नियम उलंघन गरको थियो पनि भन्ने प्रश्न उब्जिएको छ ।
सेबीले यी फण्डविरुद्ध अहिलेसम्म कुनै कदम चालेको छैन । २७ जून २०२४ मा सेबी ले हिंडेनबर्गलाईु कारण देखाउ नोटिस मागेको थियो । सेबीले हिन्डेनबर्गको खुलासा गलत भएको बताएको छ ।
अडानी जस्ता कम्पनीहरूले नियमको धज्जी उडाउन कसरी जटिल अफशोर संस्थाहरू प्रयोग गरेको छ र कसरी नियामक पनि यसको एक अंश भएके भनी आरोप लगाउने एक ब्रोकरलाई उद्धृत गरेकोमा हिन्डेनबर्गलाई लापरवाह भनेको छ । उक्त ब्रोकरलाई कारोवारमा संलग्न हुन सेबीले रोक लगाएको छ ।
हिन्डेनबर्गले लगाएको आरोप अनुसार जब माधबी पुरी बुच सेबीमा पूर्णकालिक सदस्य र अध्यक्ष थिइन् उनको अगोरा पार्टनर्स नामक सिंगापुरको परामर्श फर्ममा शत प्रतिशत शेयर थियो । र मार्च १६, २०२२ मा सेबीको अध्यक्षमा नियुक्त भएको दुई हप्तापछि, उनले गुपचुप आफ्नो पतिलाई उक्त शेयर हस्तान्तरण गरिन्।
हिन्डेनबर्गले लगाएको आरोपमा अनुसार माधबी पुरी बुचको हाल एगोरा एडभाइजरी नामक एक भारतीय परामर्श कम्पनीमा ९९ प्रतिशत शेयर हिस्सा छ । जहाँ उनका पति निर्देशक छन् र २०२२ मा यस कम्पनीले परामर्शबाट २ लाख ६१ हजार अमेरिकी डलर को राजस्व तिरेको थियो । जुन सेबीमा उनको खुलासा गरिएको तलबको ४ दशमलव ४ गुणा बढी हो । एजेन्सीको सहयोगमा