कराँची (पाकिस्तान) । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबी दोषी ठहरिएका छन् ।
पाकिस्तानको एक अदालतले अल–कादिर ट्रस्टसम्बन्धी मुद्दामा खानलाई १४ वर्ष र बीबीलाई ७ वर्षको जेल सजाय सुनाएको हो ।
न्यायाधीश जावेद राणाको इजलासले खानलाई १० लाख पाकिस्तानी रुपैया र बीबीलाई ५ लाख पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला पनि सुनाएको छ ।
राष्ट्रिय जवाफदेही ब्युरोले सन् २०२३ डिसेम्बरमा पूर्वप्रधानमन्त्री खान, उनकी पत्नी बीबीसहित अन्य ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।
खान र बीबीले ब्रिटेनले पाकिस्तानलाई फिर्ता दिएको ५० अर्ब पाकिस्तानी रुपैयाँलाई वैध बनाएको बदलामा बहरिया टाउ लिमिटेडबाट अर्बाैं रुपैयाँ र जमिन लिएको बताइएको छ ।
टाउन लिमिटेडका मालिक रियाज हुसैन र उनका साथीहरूले अवैध रुपमा जमिन र पैसा ट्रान्सफर गरेको ब्युरोको दाबी छ ।