काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरको कोष जारी गरेको छ ।
यससँगै थप १.४ अर्ब अमेरिकी डलर माग्न पाकिस्तानले गरेको अनुरोधलाई पनि आईएमएफले सहमति दिएको छ ।
पाकिस्तानलाई ऋण दिने मतदानमा भारत भने सहभागी भएन । भारतको वित्त मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा आईएमएफको मतदानमा भारतले पाकिस्तानमा आईएमएफ कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाएको उल्लेख छ । भारतले पाकिस्तानलाई दिने भनिएको रकम सीमापार आतंकवादको लागि दुरुपयोग हुने आशंका व्यक्त गरेको छ ।
आईएमएफको कार्यकारी बोर्डले गत सेप्टेम्बरमा पाकिस्तानलाई ईएफएफअन्तर्गत कर्जा दिने सहमति दिएको थियो । तीन वर्षमा विभिन्न किस्तामा दिने भनिएको उक्त कर्जाको राशि ७ अर्ब अमेरिकी डलर छ । एजेन्सीको सहयोगमा