काठमाडौं ।आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउन-चैत्र सम्म)मा नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको । भन्सारको तथ्यांक राख्ने तालुकदार निकाय भन्सार विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपाली वस्तु तथा सेवा निर्यातमा ६५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ भने आयातमा पनि सामान्य वृद्धि भएको छ।
निर्यात तर्फ गत आर्थिक वर्ष (२०८०/८१) को सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले वृद्धि भइ रु. १८८.२ अर्ब पुगेको छ । गत वर्ष: रु. ११३.९५ अर्ब बरावरको निर्यात भएको थियो । कुल व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशत बाट बढेर १२.५७ प्रतिशत पुगेको छ।
आयात १२.१८ प्रतिशत ले बढेर रु. १३ खर्ब ९ अर्ब पुगेको छ । गत वर्ष रु. ११ खर्ब ६७ अर्ब रहेको थियो । तर, कुल व्यापारमा आयातको हिस्सा ९१.११ प्रतिशत बाट घटेर ८७.४३ प्रतिशतमा सीमित भएको छ।
निर्यातमा सुधार भएतापनि आयातमा निर्भरताले व्यापार घाटा ६.४५ प्रतिशत ले बढेर रु. १.१२१ खर्ब पुगेको छ । निर्यात र आयात दुबैको वृद्धिले कुल वैदेशिक व्यापार १६.८९ प्रतिशत ले बढेर रु. १४ खर्ब ९७ अर्ब पुगेको छ।
प्रकाशित तथ्यांक अनुसार आयात-निर्यात अनुपातमा सुधार देखिएको छ । आयात-निर्यात अनुपात १०.२४ बाट घटेर ६.९६ मा पुगेको छ । जसले निर्यात वृद्धिले आयातलाई पछि पारेको देखिन्छ भने नेपालको ऐतिहासिक असमान व्यापार सन्तुलनमा सुधारको संकेत देखिएको छ।
हस्तकला, वस्त्र, कृषि जस्ता प्रमुख निर्यात क्षेत्रको उत्पादन बढेको र वैदेशिक मागमा वृद्धिले दीर्घकालीन व्यापार घाटासँग जुधिरहेको नेपालको अर्थतन्त्रका लागि निर्यातमा वृद्धि सकारात्मक संकेत हो।
Trade Indicators | FY 2080/81 (First 9 Months) | FY 2081/82 (First 9 Months) | Change (%) |
Imports (Rs.in `000) | 1,167,369,808 | 1,309,532,838 | 12.18 |
Exports (Rs.in `000) | 113,946,007 | 188,195,070 | 65.16 |
Trade Deficit (Rs.in `000) | 1,053,423,801 | 1,121,337,768 | 6.45 |
Total Foreign Trade (Rs.in `000) | 1,281,315,815 | 1,497,727,908 | 16.89 |
Imports/Exports Ratio | 10.24 | 6.96 | -32.08 |
Exports Share to Total Trade (%) | 8.89 | 12.57 | 41.30 |
Imports Share to Total Trade (%) | 91.11 | 87.43 | -4.03 |