काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएको छ ।
सिभिल र हिमालयन बैंक एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाबमोजिम एकीकृत कारोबारपछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गतेसम्मको लागि शेयर कारोबार रोक्का गरिदिन सिभिल बैंकले नेप्सेसमक्ष अनुरोध गरेको हो ।