काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से सोमवार (आज) भने १ दशलमव ११ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६१२ दशमलव २० विन्दुमा पुगेको हो ।
बजार तीन दिन घटेर २ हजार ५६९ विन्दुसम्म झरेको थियो । लगातार घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको थियो । सोही कारण खरीदकर्ता आकर्षित भएकाले सोमवार बजार बढेको जानकार बताउँछन् ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आइतवार रू. ४ अर्ब ५१ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ४३ करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ७८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८० प्रतिशत वृद्धि भएको छ ।
आज ३२८ धितोपत्रको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटकमा रू. ४ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ४ हजार २६ दशमलव २० र सुपर मादी हाइड्रोपावरको रू. १ हजार १५७ दशमलव ७० पुगेको छ ।
सोमवार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ६५ दशमलव ६० मा झरेको छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३ दशमलव १६ प्रतिशत घटेर रू. १ हजार ४७० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १८ करोड ८४ लाख बरावरको शेयर खरीदविक्री भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९८७ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जोशी हाइड्रोपावर छ । कम्पनीको रू. ११ करोड ७६ लाख बरारबको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डको सूचक ४ दशमलव २१ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । आज सबैभन्दा बढी जलविद्युत् समूहको सूचक २ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक २ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ ।