काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार (आज) एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
सानिमा माई हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४८८ दशमलव १८ कायम भएको छ ।
सोमवारको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो ।
सोमवार दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार हुँदा शेयर मूल्य रू.५३७ मा थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर भोलि अर्थात् मंगलवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।