काठमाडौं । नेपाल फाइनान्स लिमिटेड र गोर्खाज फाइनान्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।
नेपाल फाइनान्सको सभा ललितपुरको जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान साढे ९ बजे शुरु हुनेछ । यस्तै गोर्खाजको सभा पानस ब्यांकेट एण्ड इभेन्ट भेन्युमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा दुवै कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नेछन् । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यी दुवै कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।
नेपाल फाइनान्सले सभा प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम शेयरधनी मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । त्यस्तै गोर्खाजले पुस १९ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।