विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘फेसबूक इङ्क’ले ३६० भर्चुअल रियालिटी भिडियो फिचर शुरू गर्दै छ । कम्पनीले बिहीवार यसको आधिकारिक घोषणा गरेको हो । अब तपाईंले ३६० डिग्रीमा बनेको भिडियोलाई फेसबूकमा देख्नसक्नु हुनेछ । यसमा भिडियोलाई कुनै पनि दिशाबाट हेर्न सकिनेछ । यसका लागि फिचरमा एउटा नेभिगेशन बटन जोडिएको छ, जुन बटनमार्फत भिडियोको कोण बदल्न सकिनेछ । फेसबूकको न्यूज फिडमा मानिसहरूले थ्रीडी कण्टेण्ट बढी मन पराएको देखिएकाले नै फेसबूकले यो सेवा शुरू गर्न लागेको कम्पनीका भिडियो इञ्जिनीयरिङ डाइरेक्टर मेहर सबाले बताएका छन् । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.