काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. ११ करोड ५३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा साढे २ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ११ करोड २५ लाख नाफा कमाएको थियो ।
पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ३६ अर्ब ४ करोडभन्दा बढी जम्मा भएको छ । गत आवको पहिलो त्रैमासमा भने जीवन बीमा कोषमा रू. ३३ अर्ब ७० करोड थियो ।
पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ४५ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको तुलनामा १० प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्मा कम्पनीले रू. २ अर्ब २३ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब १ करोड छ । कम्पनीले पहिलो त्रैमाससम्म जगेडामा रू. १ अर्ब ३३ करोड र महाविपत्ति कोषमा रू. ३७ करोड ७९ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २० पैसा (वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ५९ पैसा छ ।