काठमाडौं । यूनिभर्सल पावर कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३८४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड २४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ६ करोड ४ लाख पु¥याएको छ । चालू आवमा कम्पनीको आम्दानी बढेको छ ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी रू. ८१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ३६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १२ करोड ४८ लाख आम्दानी गरेको छ ।
चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेका कम्पनीले चालू आवमा जगेडामा रू. २२ करोड ५६ लाख सञ्चित गरेको छ । गत आवमा कम्पनीले जगेडामा रू. १४ करोड ३८ लाख सञ्चित गरेको थियो । कम्पनीको जगेडा कोष गत आवको तुलनामा चालू आवमा ५६ प्रतिशत वृद्धि भएको छ ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ५१ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात १७ दशमलव ९८ गुणा, तरलता अनुपात ११ दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ७४ रहेको छ ।